काठमाडाैं । साताकाे पहिलाे दिन आइतबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २१ अंकले ओरालो लागेको छ । आइतबार नेप्से २०.७९ विन्दुले घटेर १ हजार २७६.६८ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकममा समेत गिरावट आएको छ ।
कुल १ सय ७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता सेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ रुपैयाँमा खरिदबिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये सबै उपसमूहको सेयर ओरालो लागेको छ ।
बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०.६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा छ । सो संस्थाको ८ करोड २६ लाख ४६ हजार २ सय ७० रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी ६ करोड ४५ लाख ४७ हजार ५ सय ८४, ग्लाबेल आइएमई बैंक ६ करोड २९ लाख ६८ हजार ७ सय २५, शिवम् सिमेन्ट ३ करोड ३९ हजार ६ सय ६३, एनआइसी एसिया २ करोड ९९ लाख ८६ हजार ३ सय ६, प्रभु बैंक २ करोड ९६ लाख ७२ हजार १ सय ४४ र गुराँस लाइफ २ करोड ६८ लाख ९० हजार ६ सय १७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार जोशी हाइड्रोपार ३.१७, एआइबिएल प्रगति फन्ड २.९२, एनएमबी माइक्रोफाइनान्स २.७१, खानीखोला हाइड्रोपावर १.९६ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए ।
त्यस्तै जानकी फाइनान्स ८.५५, मिथिला लघुवित्त ७.४८, रिडी हाइड्रोपावर ७.३१, सप्तकोसी डेभलपमेन्ट बैंक ६.८० र युनाइटेड इन्स्याेरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतले गुमाए ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६