काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७४ हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा झरेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार पुगेको थियो ।
सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला १५ ले घटेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ तोकेको छ ।
पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । १ साताको अवधिमा सुनको मूल्य ३ पटक वृद्धि भइसकेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ८, २०७६