वीरगन्ज । लगातार २ दिन परेको पानीका कारण रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् ।
गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि १७ करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहले बताए ।
अध्यक्ष साहले भने, पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए । एउटा भट्टामा कम्तीमा १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।
पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटाबेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६