काठमाडौं । १ हजार दरका ३१ वटा नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।
काठमाडौंकाे कलंकी चोकबाट आइतबार पक्राउ पर्नेमा बाराको निजगढका २७ वर्षीय अनुस थापा मगर र २२ वर्षीय रवि आले मगर रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनीहरूलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले नक्कली नोट झोलामा बोेकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
नोट र पक्राउ परेकाहरूबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बजारमा नक्कली नोट कारोबार गर्नेहरू बढेको हुनसक्ने भन्दै प्रहरीले सतर्कता बढाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६