काठमाडौं । माघ महिना सुरु भएसँगै नेपाली बजारमा सुनकाे भाउ बढेकाे छ । पुसमा विवाह नहुने भएकाले माघलाई विवाहकाे सिजनकाे रुपमा लिइन्छ ।
नेपाली बजारमा बुधबार सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मंगलबारको भन्दा ७ सयले बढी हो।
आइतबार ७५ हजारमा कारोबार भएको सुन सोमबार ७४ हजार ८ सयमा कारोबार भएको थियो । माघ महिनाको पहिलो दिन नै सुनको मूल्य बढेको हो ।
यसैगरी बुधबार तेजाबी सुनकाे मूल्य ७४ हजार ४ सय रुपैयाँ कायम गरिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी भने प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ १, २०७६