काठमाडाैं । केही दिनदेखि निरन्तर बढिरहेकाे सुनकाे मूल्य मंगलबार ५ सय रुपैयाँले घटे पनि आज बुधबार फेरि १ हजार रुपैयाँ बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार नेपाली बजारमा छापावाल सुनकाे मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेकाे छ । मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार १ हजार रुपैयाँले बढेकाे हाे ।
यसैगरी बुधवार तेजाबी सुनकाे मूल्य प्रतितोला ७६ हजार २ सय रुपैयाँ कायम गरिएकाे महासंघले जनाएकाे छ । सोमवार तेजाबी सुन प्रतितोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ९ सय रुपैयाँ रहेकाे चाँदीकाे मूल्य बुधबार २० रुपैयाँ बढेर ९ सय २० रुपैयाँ कायम भएकाे छ ।
इरान र अमेरिकाबीचको तनावका कारण सुनको मूल्य वृद्धि भएको महासंघको भनाइ छ । २ देशबीचकाे युद्धपछि संसारको जुनसुकै देश पुगे पनि बिक्न सक्ने धातु सुन नै भएकाले युद्धको भयमा सुनको बिक्री बढ्ने जानकारहरू बताउँछन् ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६