काठमाडौं । सुनको मूल्य इतिहासमै सबैभन्दा महंगाे भएकाे छ । शुक्रबार छापावाल सुनकाे मूल्य ७४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार एकै दिन तोलामा १ हजार रुपैयाँ बढेर अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसैगरी तेजाबी सुनकाे मूल्यमा पनि वृद्धि भएर ७४ हजार २ सय रुपैयाँ पुगेकाे छ ।
त्यसैगरी शुक्रबारका लागि चाँदीकाे मूल्य पनि ९ सय रुपैयाँ कायम भएकाे छ ।
यसअघि गएको भदौ १८ गते सुनको सर्वाधिक मूल्य ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसयता घटेर तोलाको ७० हजार रुपैयाँसम्म झरेको सुनको भाउ गएको महिनादेखि फेरि बिस्तारै बढेर मंगलबार तोलाको ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
अमेरिका र इरानबीच तनाव बढिरहेकाले सुनको भाउ अझै बढ्ने महासंघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६