काठमाडौं । एनसेलले सर्वोच्च अदालतले निर्धारण गरेको पुँजीगत लाभकरमध्ये २० प्रतिशत रकम बुझाएको छ । ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करबापतको २२ अर्ब ४४ करोड रुपैयाँकाे २० प्रतिशतले हुन आउने ४ अर्ब ५० करोड रुपैयाँ तिरेको हो ।
ठूला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद–बिक्रीवापत २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ लाभकर निर्धारण गरेको थियो ।
ठूला करदाता कार्यालयका प्रमुख झलक अधिकारीले दिएको जानकारीअनुसार एनसेलले बाँकी रकम किस्तामा बुझाउन माग गर्दै निवेदन दिएको छ ।
यो आर्थिक वर्षभित्र सबै रकम बुझाउनुपर्ने हुन्छ , अधिकारीले भने, सर्वोच्च अदालतले तय गरेको रकम २२ अर्ब ४४ करोड रुपैयाँ हो । ४ अर्ब ५० करोड कर बुझाएको छ ।
सर्वोच्च अदालतले २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ रुपैयाँ तिर्न आदेश गरेकाे थियो । यसबाहेक ठूला करदाता कार्यालयले करमा लाग्ने शुल्क र ब्याज थप गरेर गतसाता ४ अर्ब २२ करोड कर तिर्नुपर्ने बताएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६