काठमाडाैं । आइतबार करिब ५ अंकले ओरालो लागेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक साेमबार भने साढे ५ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.५३ अंकले बढेर एक हजार १६७.९५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.०६ विन्दुले बढेर २५३.३३ मा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकममा वृद्धि भएको छ । कूल १७७ कम्पनीको १४ लाख ९१ हजार ४४ कित्ता सेयर रु ६२ करोड २३ लाख ६३ हजार ४८८ मूल्यमा खरिद–बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर ओरालो लाग्दा आठ उपसमूहको सेयर बढेको छ । बैंकिङ २.२, विकास बैंक १.३५, जलविद्युत् ५.१६ र वित्त २.३६ विन्दुले घटेको छ । यस्तै व्यापार १५.१६, होटल ६.९५, निर्जीवन बीमा ६१.९१, उत्पादन ५९.८९, अन्य ६.५३, लघुवित्त ३.७५, जीवन बीमा २५६.५३ र सामूहिक लगानी कोष ०.१३ विन्दुले बढेको छ ।
नेप्सेका अनुसार आज नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको रु १० करोड ६ लाख २१ हजार ४४० बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रु पाँच करोड एक लाख ६८ हजार ४८, एबीएल डिबेन्चर रु चार करोड ८७ लाख ५० हजार, एनएमबी बैंक रु दुई करोड ५४ लाख १० हजार ३७० र साल्ट ट्रेडिङ कर्पोरेशनको रु दुई करोड ४६ लाख ६५ हजार ९५२ बराबरको कारोबार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार शिवम् सिमेन्टका लगानीकर्ताले ५.६७, स्वदेशी लघुवित्त वित्तीय संस्था ५.३०, एशियन लाइफ इन्सुरेन्स ५.२९, लाइफ इन्सुरेन्स कम्पनी ५.२६, हिमालयन डिस्टिलरी ४.९४ र नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सेयरधनीले ४.५९ प्रतिशतले कमाए ।
यस्तै, माउन्टेन हाइड्रो ५.५५, जोशी हाइड्रो पावर ४.७६, नेपाल सेवा लघुवित्त ३.६१, सिन्धु विकास बैंक २.९६ र गुर्खाज फाइनान्सका लगानीकर्ताले २.६५ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: सोमबार, पुस १४, २०७६