काठमाडाैं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर काराेबार मापक नेप्से परिसूचक झण्डै ५ अंकले ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार काराेबार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर १ हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा काराेबार रकमसमेत घटेको छ ।
कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता सेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भए । काराेबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ ।
यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । काराेबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको काराेबार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक सेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा काराेबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका सेयरधनीले ९.९८ प्रतिशतले कमाए । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका सेयरधनीले ३.६४ प्रतिशतले कमाए ।
यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.४९ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६