काठमाडौं । साताकाे चाैथथाे दिन बुधबार सुनकाे मूल्य बढेकाे छ । मूल्य बढेसँगै बुधबार सुनको मूल्य साताकै बढी कायम भएकाे हाे ।
महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ७२ हजार ८ सय र तेजावी सुनकाे मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम गरिएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार बजारमा छापावाला सुन प्रतितोला ७२ हजार २ सय र तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी बु्धबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार प्रतितोला ८ सय ७५ रुपैयाँ रहेकाे चाँदीकाे मूल्य बुधबार १० रुपैयाँ वृद्धि भएर ८ सय ८५ रुपैयाँ कायम भएकाे छ ।
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६