काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार १ सय रुपैयाँले बढेर ७१ हजार ६ सय कायम भएकाे हाे ।
यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २, २०७६