काठमाडाैं । अघिल्लाे साता निकै सुधार भएकाे सेयर बजार याे साताकाे २ दिनमै अप्रत्यासित ओरालाे लागेकाे छ ।
पछिल्लाे २ दिनमै सेयर बजार १८.५४ अंकले घटेकाे छ । अघिल्लो साता सुधारको क्रममा रहेको पुँजी बजार मापक नेप्से यो साताको पहिलो कारोबार दिन आइतबार ४ दशमलव ७८ अंकले घटेको नेप्से परिसूचक सोमबार १३ दशमलव ७५ अंकले घटेर १ हजार १ सय ५४ दशमलव ११ अंकमा कायम भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजारमा १२ समूहको कारोबार भए पनि सबै समूहको सूचक घटेका छन् । धेरै ओरालो लाग्नेमा निर्जीवन बीमा १७२.०९ र जीवन बीमा १३६.५३ अंक छन् ।
आज कुल १ सय ६६ कम्पनीको कारोबार भएकामा १३ लाख ७१ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ । ६ हजार ६ सय ३ पटकको खरिदबिक्रीपछि बजारमा कुल ४० करोड ७९ लाखको कारोबार भएको छ ।
काराेबारका आधारमा एनएमबी बैंक अगाडि रह्याे । बैंकको सेयर ४ करोड ५६ लाख ६० हजार ८ सय २० रुपैयाँमा कारोबार भएको हो । दोस्रो बढी रकमको कारोबार स्वलम्बन लघुवित्तको सेयर भएको छ। उक्त लघुवित्तको २ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
तेस्रो बढी कारोबार हुनेमा एनआइसी एशिया बैंकको सेयर रहेको छ। उक्त बैंकको १ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
कमाइका दृष्टिले आज सेयरबजारमा ५.४५ प्रतिशतसम्म कम्पनीहरुले कमाइ गरेका छन्। आज दिव्येश्वरी हाइड्रोपावरको सेयर ५.४५ प्रतिशतले बढेको छ। यसका सेयरधनीले ३ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, युनियन हाइड्रोपावर लिमिटेडका सेयरधनीले पनि ३ रुपैयाँ नै कमाएका छन्। कम्पनीको सेयर प्रतिकित्ता ५ प्रतिशतले बढेको नेप्सेले जनाएको छ।
घाटा व्यहोर्ने कम्पनीले आज ९.४९ प्रतिशतसम्म गुमाएका छन्। आज धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर लिमिटेडका सेयरधनीले १५ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। कम्पनीको सेयर ९.४९ प्रतिशतले घटेको छ।
प्रकाशित मिति: सोमबार, मंसिर ३०, २०७६