काठमाडौं । केही समय निरन्तर घट्दै आएकाे सुनकाे मूल्यमा फेरि वृद्धि हुने क्रम बढेकाे छ । शुक्रबारकाे तुलनामा आइतबार सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
सुनचाँदी व्यवसायी महासंंघका अनुसार सुनकाे मूल्यमा प्रतितोला ५ सय र चाँदीमा प्रतितोला ५ रुपैयाँ भाउ बढेकाे हाे । आइतबार छापावाला सुनकाे मूल्य प्रतितोला ७१ हजार ३ सय र तेजावी सुनकाे मूल्य प्रतितोला ७१ हजार रुपैयाँ कायम गरिएको महासंघले जनाएकाे छ ।
शुक्रबार छापावाला सुनकाे मूल्य प्रतितोला ७० हजार ८ सय र तेजाबी सुनकाे प्रतितोला ७० हजार ५ सय रुपैयाँ मूल्य निर्धारण गरिएकाे थियाे ।
यसैगरी चाँदीमा ५ रुपैँयाँ वृद्धि भएर आइतबार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीकाे मूल्य ८ सय ४० रुपैयाँ थियाे ।
प्रकाशित मिति: आइतबार, मंसिर २९, २०७६