काठमाडाैं । पछिल्लाे १ सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला ४ सय र चाँदीमा प्रतितोला १० रुपैयाँ बढेकाे हाे ।
महासंघले बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो बुधबारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधबार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय, तेजाबी सुन प्रतितोला ७० हजार ५ सय र चाँदी प्रतितोला ८ सय ३० मा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६