काठमाडौं । नेपाली बजारमा पछिल्लो निरन्तर घटिरहेकाे सुनकाे मूल्य आज बुधबार स्थिर रहेको छ । मंगलबार २ सय रुपैयाँले घटेकाे सुनकाे मूल्य बुधबार पनि साेही मूल्यमा बाराेबार भएकाे हाे ।
मंगलबार छापावाल सुन तोलाको ७० हजार ८ सयमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन आज ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
तेजावी सुनको मूल्य पनि मंगलबार २ सय रुपैयाँ घटेको थियो । यस्तै चाँदी प्रतिताेला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६