काठमाडाैं । बिहेकाे सिजन सकिनै लाग्दा सुनकाे मूल्यमा पनि निरन्तर गिरावट आइरहेकाे छ । केही समयअघि उत्कर्षमा पुगेकाे सुनकाे भाउ पछिल्लाे समय घट्दाे क्रममा छ ।
मंगलबार पनि सुनकाे मूल्यमा प्रतितोला २ सय रुपैयाँले गिरावट आएकाे छ । साेमबार प्रतितोला ७१ हजार रुपैयाँमा बारोबार भएकाे छापावाल सुन मंगलबार घटेर ७० हजार ८ सय रुपैयाँमा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
आइतबारकाे तुलनामा साेमबार पनि सुनकाे भाउ घटेकाे थियाे । आइतबार ७१ हजार २ सय रुपैयाँ रहेकामा साेमबार २ सय रुपैयाँ घटेकाे थियाे ।
यसैगरी तेजाबी सुनकाे मूल्यमा पनि गिरावट आएकाे छ । मंगलबार तेजाबी सुनको मूल्य पनि प्रतितोला ७० हजार ५ सय रुपैयाँ कायम गरिएको छ । साेमबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससंघले चाँदीको मूल्य प्रतितोला ८ सय ३० रुपैयाँ निर्धारण गरेको छ । साेमबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६