काठमाडाैं । साताको दोस्रो दिन साेमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला २ सय रुपैयाँ घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ तोकेको छ । आइतबार छापावाला सुन प्रतितोला ७१ हजार २ सयमा खरिदबिक्री भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ । आइतबार तेजाबी सुनको प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
स्थानीय बजारमा चाँदीको मूल्य पनि ओरालो लागेको छ । महाससंघले चाँदीको मूल्य प्रतितोला ८ सय ३५ रुपैयाँ निर्धारण गरेको छ । आइतबारको तुलनामा आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको हो ।
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६