काठमाडाैं । हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज आइतबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७१ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तोलामा ३ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी आज आइतबार तोलामा १० रुपैयाँ घटेर तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६