काठमाडौँ । बुधबार सुनको मूल्यमा एक्कासी वृद्धि भएकाे छ । मंगलबारकाे तुलनामा प्रतिताेला ८ सय रुपैयाँ भाउ बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य ७२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकाे छ । मंगलबार छापावाल सुनकाे मूल्य ७१ हजार ४ सय रुपैयाँ थियो ।
यस्तै तेजाबी सुन ७१ हजार ९ सयमा कारोबार भएको छ । चाँदी पनि मंगलबारको तुलनामा १५ रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६