काठमाडौँ । यो साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (शुक्रबार) ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी पनि ५ रुपैयाँ बढेर ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६