काठमाडौं : सुनको मूल्य बिहीबार प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ कायम भएकाे छ । बुधबार छापावाल सुन प्रतितोला ७१ हजार २ सय रुपैयाँमा काराेबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले नै घटेर ७० हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ रहेको थियो । यस्तै, चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर ८ सय ५० रुपैयाँमा कारोबार खुला भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६