काठमाडाैं । नेपाल राष्ट्र बैंकले सोमबार ४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्ने जनाएको हो । बैंकले एक सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको हो ।
बैंकले २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुने छ । यस्तै १ सय ८२ दिने अवधिका लागि २ अर्ब ४७ करोड बराबरको बिल बिक्री गर्न लागिएको हो ।
उक्त बिल आगामी जेठ १३ गते परिपक्व हुने छ । यस्तै ३ सय ६४ दिने अवधिका लागि ११ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी वर्षकाे मंसिर ९ गते परिपक्व हुने छ । बैंकले यही मंसिर २ गते पनि पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर ८, २०७६