काठमाडौं । सर्वाेच्च अदालतले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई करिब १८ अर्ब रूपैयाँ कर छुट दिने गरी गरेकाे फैसलाकाे पूर्ण पाठ सार्वजनिक भएकाे छ ।
गत ९ भदौमा सर्वोच्चका ५ जना न्यायाधीशको बृहत पूर्ण इजलासले एनसेललाई आयकर ऐनअनुसार निर्धारित कर कानुनविपरीत भएको भन्दै बदर गरेको थियो ।
करदाता कार्यालयले एनसेललाई ६२ अर्ब ६३ कराेड रूपैयाँ कर निर्धारण गरेकामा २३ अर्ब ५७ कराेड रूपैयाँ बुझाएर बाँकी रकम नतिर्ने भन्दै सर्वाेच्च गएकाे थियाे ।
सर्वाेच्चले गरिवाना बापतकाे १७ अर्ब ९५ कराेड रुपैयाँ तिर्नु नपर्ने गरी एनसेलकाे पक्षमा फैसला सुनाएकाे थियाे ।
हेर्नुहाेस् फेसलाकाे पूर्ण पाठः
प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६