काठमाडौं: केही दिनदेखि यता स्थिर रहेको सुनको भाउ विवाहको सिजन सुरु भएसँगै उकालो लागेको छ। आज सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ७१ हजार ८ सयमा कारोबार भइरहेको सुन आज प्रतितोला २ सयले बढेर ७२ हजार रुपैयाँ पुगेको छ।
केही दिनअघि सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै अघि बढेको थियो। प्रतितोला ७३ हजार ५ सयसम्म पुगेको सुनको भाउ घटेर ७० हजारभन्दा तल आएको थियो। तर, अहिले विवाह सिजन सुरु भएकाले सुनको भाउ पुन: उकालो लगेको छ।
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६