काठमाडौं । केही महिनादेखि लगातार उतारचडाव हुँदै आएको सुनको मूल्य ३ दिनदेखि स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार बजारमा सुन चाँदीको भाउ स्थिर रहेको र शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।
बजारमा आज छापावाला सुन प्रतितोला ७१ हजार ८ सय, तेजावी सुन ७१ हजार ५ सय र चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६