काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ६.८८ विन्दुले घटेर १ हजार १ सय ३९.२९ विन्दुमा झरेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत १.६२ विन्दुले घटेर २ सय ५०.४६ विन्दुमा ओर्लेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १ सय ६१ कम्पनीका ७ लाख ८४ हजार ७ सय ४० कित्ता सेयर १७ करोड ५५ लाख ४४ हजार ४ सय ७२ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज सामूहिक लगानी कोषकोबाहेक अरु सबै उपसमूहका सेयर ओरालो लागेका छन् । सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै बैंकिङ ६.७८, होटल ४.२२, विकास बैंक १.५८, जलविद्युत् २.४९, वित्त २.५, निर्जीवन बीमा ३२.२५, उत्पादन ३७.३५, अन्य ५.२९, लघुवित्त ३ र जीवन बीमा २६.०७ विन्दुले घटेको छ ।
कारोबारका आधारमा प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको १ करोड ५२ लाख ४५ हजार ८ सय ९३ मूल्यमा कारोबार भयो । यस्तै देवः विकास बैंक एक करोड ४३ लाख ७८ हजार ८ सय, मेगा बैंक ७९ लाख ४९ हजार ४ सय ५२, नबिल बैंक ६० लाख ७२ हजार १ सय ७ र नेपाल बैंक ५१ लाख ८२ हजार ६ सय ४७ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एनआइसी एसिया ग्रोथ फन्ड ४.५२, बरुण हाइड्रोपावर ४.४०, चिलिमे जलविद्युत् कम्पनी २.९१, पाँचथर पावर २.३१ र रैराङ हाइड्रोपावरका सेयरधनीले दुई प्रतिशतले कमाए । त्यस्तै, मेगा बैंक ५.४४, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ५.०६, युनाइटेड मोदी ४.७६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ४.०६ र प्रिमियर इन्स्योरेन्स कम्पनीका सेयरधनीले ३.८१ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६