२५ वैशाख, मोरङ । फोरम लोकतान्त्रिकका सांसद एंव उद्योगी पवनकुमार सारडा मोरङ ब्यापार संघको ३१ औं साधारणसभाबाट पुन अध्यक्षमा निर्वाचित भएका छन् । ब्यापार संघको विराटनगरस्थित भवनमा आइतवार सम्पन्न निर्वाचनमा सारडाले उद्योगतर्फबाट ३ सय ५६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी राजेन्द्र राउतले २ सय ९५ मत प्राप्त गरे । आइतबार राति अबेर निर्वाचनको अन्तिम घोषणा गरिएको थियो । सारडा प्यानलको एकपक्षीय जितका क्रममा रिजालको पोलिट्यांकका प्रमुख नविन रिजालले वाणिज्यतर्फ ७ सय ८३ मत हात पार्दै विजयी भएकाछन् । त्यसैगरि, वाणिज्यतर्फ नै मुन्दडा परिवारका प्रकाश मुन्दडाले ७ सय ८१ मत सहित जित हात पारे । अर्कोतर्फ गोल्छा अर्गनाइजेसनका देवाशिस गोल्छापनि ३ सय ३८ मत सहित विजयी भएकाछन् । अर्कोतर्फ राउत प्यानलबाट भने बस्तुगत तर्फ राजन श्रेष्ठ र सुनिल विड्ला बिजयी भएका छन् । ब्यापार संघमा उद्योगतर्फ आठ, वाणिज्यतर्फ आठ, बस्तुगतमा दुइ र शाखामा एक गरि कुल १९ पदका लागि निर्वाचन भएको थियो । यसैबीच विजयी सारडाले एक हप्ता भित्र नयाँ कार्यसमिति बनाउने बताएका छन । –अभयकुमार राई
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०७४