काठमाडौं । आज बिहीबार सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज तेजाबी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी भने आज पनि प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६