काठमाडाैं । तिहारको पूर्वसन्ध्यामा नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। पछिल्लो २ दिनदेखि स्थिर रहेको सुनको मूल्यमा आज प्रतितोला ६ सय रुपैयाँ वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६ सय बढेर ७१ हजार रुपैयाँ पुगेको छ। बिहीबार छापावाला सुन प्रतितोला ७० हजार ४ सयमा कारोवार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि ६ सयले नै वृद्धि भई प्रतितोला ७० हजार ७ सय रुपैयाँ पुगेको छ । बिहीबार तेजाबी सुन ७० हजार ७ सयमा खरिद बिक्री भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। आज चाँदीको मूल्यमा १० रुपैयाँले वृद्धि भई प्रतितोला ८ सय ६० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ। रासस
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६