१९ वैशाख, काठमाडौँ । स्थानीय तहको चुनावका लागि उम्मेद्वारी मनोनयनको प्रभाव शेयरबजारमा पनि सकारात्मक परेको छ । मंगलबार शेयरबजार परिसुचक नेप्से साढे ७ अंकले बढेर १६ सय ५८ अंक भन्दा माथि पुगेको हो । मंगलबार सवैभन्दा धेरै बीमा समूह विकास बैंक १६ दशमलव ४, ब्याङ्किङ ६ दशमलव ८८, जलविद्युत ३ दशमलव १६ अंकले बढेको छ । समग्र नेप्से बढेपनि मंगलबार होटल, वित्त, उत्पादन र अन्य समूह भने घटेका छन् । ९२ करोड ९० लाखभन्दा धेरैको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ४ करोड २९ लाखभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०७४