काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कार गरेकाे आराेप लागेकाे छ । संसद सचिवालयकी एक कर्मचारीले सभामुखले आफूलाई जबरजस्ती करणी गरेकाे आराेप लगाएकी हुन् ।
शालीन र भद्र स्वभावका मानिने सभामुख महरामाथि लागेकाे याे गम्भीर आराेपले नेपाली राजनीति र सिंगाे समाजकाे ध्यान केन्द्रित भएकाे छ ।
आइतबार साँझ ती महिला कर्मचारीकाे तिनकुनेस्थित डेरामै गएर सभामुखले करणी गरेकाे ती महिलाले जनाएकी छिन् । महिलाका अनुसार मदिराले लठ्ठ भएर स्नेहाको डेरामा पुगेका महराले आफूलाई समेत मदिरा पिलाएका थिए।
उनले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुर्व्यवहारको सिकार भएको दाबी गरिन् ।
दुर्व्यवहारपछि आफूले प्रहरी बोलाएको र प्रहरी आउनुअघि नै सभामुख महरा बाहिरिएको उनले बताइन् । प्रहरीले आफ्नो कोठाको तत्कालीन अवस्थाको फोटो र भिडियोसमेत खिचेर लगेको ती कर्मचारीको भनाइ छ । बानेश्वर प्रहरीले भने यसबारे कुनै जाहेरी नआएको बताएकाे छ ।
महरामाथि बलात्कारकाे आराेप लागे पनि पुष्टि हुन भने बाँकी छ ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०७६