काठमाडौं । काठमाडौंको बौद्धबाट सुरु भएको पिज्जा वर्ल्ड नेपालले आफ्नो स्थापनाको ३ वर्षको अवधिमा तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।
झन्डै दुई वर्षअघि ललितपुरको कुमारीपाटीमा दोस्रो शाखा विस्तार गरेको पिज्जा वर्ल्डले पेप्सीकोला फुटबल ग्राउन्डमा तेस्रो शाखा खोलेको हो । पेप्सीकोला शाखाको बिहीबार कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले उद्घाटन गरे ।
करिब एक करोडको लगानीमा पिज्जा वर्ल्डको उक्त शाखा विस्तार गरिएको हो । स्थापना भएको छोटो अवधिमा नै ग्राहकको राम्रो रेस्पोन्स पाएकाले पिज्जाका पारखीहरूको मागलाई ध्यानमा राख्दै शाखा विस्तार गरिएको पिज्जा वर्ल्डले जनाएको छ ।
सेवा र स्वादमा उत्कृष्टता ल्याउन आफूहरूले मेहनत गरेको र ग्राहकहरूले त्यसलाई रुचाउँदा छोटो समयभित्रै चेन खोल्न सफल भएको सञ्चालक उद्धव खड्का बताउँछन् ।
वर्षौंदेखि स्वदेश तथा विदेशमा पिज्जा रेस्टुरेन्टमा काम गरेका दक्ष युवाहरूबाट सञ्चालित यो पिज्जा वर्ल्ड नेपालकै सस्तो पिज्जा रेस्टुरेन्ट पनि हो । जहाँ नेपालकै सबैभन्दा ठूलो साइजको पिज्जा पाइने गरेको छ ।
‘पिज्जा वर्ल्ड’ मा चार किसिमका क्रस्टमा ५० प्रकारका पिज्जा उपलब्ध रहेको अर्का सञ्चालक खड्का बताउँछन् । ‘पिज्जा वर्ल्ड’ मा मुख्यगरी प्यान पिज्जा, ससेज वाइट्स पिज्जा, चिज लोडेड पिज्जासहित पास्ता लगायतका स्वादिष्ट खानेकुरा उपलब्ध छन् ।
निम्न, मध्यम र सबै वर्गलाई ध्यानमा राख्दै सञ्चालनमा ल्याइएको यो पिज्जा वर्ल्ड सस्तो मात्र छैन, उतिकै गुणस्तरीय पनि रहेको सञ्चालकको दाबी छ । विभिन्न फ्लेभर र साइजमा पाइने पिज्जाको मूल्य १ सय ८० रुपैयाँदेखि १ हजार ८ सय रुपैयाँसम्म पर्छ ।
शान्त पारिवारिक वातावरण र फ्रेन्डली सेवा दिँदै आएको पिज्जा वर्ल्डले आफ्ना ग्राहकहरूका लागि निःशुल्क होम डेलिभरीको सुविधासमेत दिँदै आएको छ । साथै पिज्जा वर्ल्डले विशेष अवसरहरू बर्थ डे, एनिभर्सरी लगायतमा फ्रि सेलिब्रेसन समेत दिने गरेको छ । पिज्जा वर्ल्डमा कसैले जन्मदिन मनाउन चाहेमा आफूहरूले नै त्यसको व्यवस्थापन गर्ने र सबैको अगाडि विशेष समारोह गरेर सेलिब्रेट गर्ने गरेको सञ्चालकहरू बताउँछन् ।
रेस्टुरेन्ट बिहान १० बजेदेखि राति ९ बजेसम्म खुला रहने छ । नयाँ शाखा सञ्चालनको अवसरमा पिज्जा वर्ल्डले २५ प्रतिशतसम्म छुट समेत प्रदान गरेको छ । साथै, दसैँ तिहारको टिकाको दिनमा बाहेक अन्य सबै दिन पिज्जा वर्ल्ड सञ्चालनमा रहने सञ्चालकले जानकारी दिए । घरमै मगाएर पिज्जा खानका लागि पिज्जा वर्ल्डको फेसबुक वा फोनमा सम्पर्क गरेर अर्डर समेत दिन सकिने छ ।
बौद्ध, कुमारीपाटी र पेप्सीकोलामा गरी ५२ जना युवाहरूले प्रत्यक्ष रोजगारी पाएका छन् । नयाँ खुलेको पेप्सीकोला शाखामा १६ जनाले रोजगारी पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६