काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकको ओरालो यात्रा आज पनि कायम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.७३ विन्दुले घटेर ११२९.८० विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.३९ विन्दुले घटेर २४७.३२ विन्दुमा सीमित भएको छ ।
नेप्से आरोलो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १६८ कम्पनीको सात लाख ९९ हजार १ सय २८ कित्ता सेयर २१ करोड २५ लाख ४१ हजार ३ सय ५२ रुपैयाँमा खरिद बिक्री भए ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कुल १२ उपसमूहमध्ये ४ उपसमूहको सेयर वृद्धि भएको छ भने आठ उपसमूहको सेयर ओरालो लागेको छ । होटल ०.९८, जलविद्युत् ०.६३, जीवन बीमा ६.२७ र सामूहिक लगानीकोष ०.०९ विन्दुले बढेको छ । यस्तै बैंकिङ १.७५, व्यापार ४.८२, विकस बैंक ४.७, वित्त ०.०२, निर्जीवन बीमा १३.६३, उत्पादन ९.९४, अन्य ०.२१, लघुवित्त ३.७३ विन्दुले घटेको छ ।
स्टकका अनुसार कारोबारका आधारमा आज माछापुच्छ्रे बैंक शीर्ष स्थानमा छ । सो बैंकको १ करोड ९४ लाख ६१ हजार ९ सय ५५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै सानिमा बैंक १ करोड २५ लाख नौ हजार ९ सय ५४, प्रभु बैंक १ करोड १४ लाख ८६ हजार ६ सय ११, मेगा बैंक १ करोड १ लाख १८ हजार ८ सय २२, नेपाल बैंक लिमिटेड ८३ लाख ९७५, एनएलजी इन्स्योरेन्स कम्पनी ६६ लाख १९ हजार २ सय ७२ रुपैयाँ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहे ।
घटेको बजारमा सिनर्जी पावरका लगानीकर्ताले ७.४६ प्रतिशतले कमाए । यस्तै गुर्खाज फाइनान्स ६.५४, हिमालयन ऊर्जा विकास कम्पनी ५.६६, नेरुडे लघुवित्त वित्तीय संस्था ३.८४, हिमालयन पावर पार्टरन ३.८२ र समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८१ प्रतिशतले कमाए ।
त्यस्तै गुमाउनेमा जोशी हाइड्रोपावर ५.२६, विशाल बजार कम्पनी ३.९३, विजय लघुवित्त वित्तीय संस्था ३.९२, आरएमडिसी लघुवित्त वित्तीय संस्था ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक ३.६६ र आँखु खोला जलविद्युत् कम्पनीका सेयरधनीले ३.६३ प्रतिशतले गुमाए । रासस
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६