काठमाडौँं: निरन्तर उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने गिरावट आएको छ । बुधबार छापाबाला सुनको ७२ हजार मूल्यमा कारोबार भएकोमा आज एक हजार रुपैँयाले घटेर तोलाको ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै तेजाबी सुन बुधवार ७१ हजार ७ सय रुपैयाँ रहेकोमा आज एक हजारले घटेर ७० हजार ७ सय मूल्यमा कारोबार भएको छ ।
त्यस्तै आजको बजारमा चादीँको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ८ सय ९० मूल्यमा कारोबार भएकोमा आज २५ रुपैयाँले घटेर ८ सय ६५ मूल्यमा कारोबार भइरहेकाे छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६