काठमाडौं: दुईदिन स्थिर रहेकाे सुनको भाउ आज भने पुनः बढेको छ ।
आइतबार र सोमबार ७१ हजार ३ सय मूल्यमा कारोबार भएको छापाबाला सुन मंगलबार सयले बढेर ७१ हजार ४ सय रुपैँयामा कारोबार भएको छ ।
त्यस्तै तेजाबी सुन आइतबार र सोमबार ७१ हजार रुपैँयामा कारोबार भएकोमा मंगलबार सयले बढेर ७१ हजार १ सय पुगेको छ ।
त्यस्तै आजको बजारमा चाँदीको मूल्य पनि बढेको छ । सोमबार ८ सय ७५ मा कारोबार भएको चादीँको मूल्य आज १० ले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको सुन चादीँ महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६