काठमाडौं । केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहारसहितको ‘रमाइलो दसैँ तिहार’ उपहार योजना सुरु गरेको छ । योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै आकर्षक उपहारहरु उपलब्ध गराइने छ । त्यसैगरी साप्ताहिक रुपमा गोयन्का ब्रान्डको रेफ्रिजिरेटर, वासिङ मेसिन, एलइडी टेलिभिजन, आइरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने छ ।
बम्पर उपहारमा प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको एफजेड एसएफआई भी थ्री मोटरसाइकल प्रदान गरिने मेला संयोजक हिरामणि तिमिल्सिनाले बताए । दोस्रो उपहार स्वरुप यामाहाकै रे जेड आर स्कुटर प्रदान गरिने छ भने तेस्रो उपहारस्वरुप एक जनालाई ४ रात ५ दिनको बैंकक भ्रमणको प्याकेज उपलब्ध गराइने छ । सान्त्वना उपहार स्वरुप टाइमेक्सको घडी एक जनालाई वितरण गरिने छ ।
उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइने छ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिने मेला संयोजक तिमिल्सिनाले जानकारी दिए ।
चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको हो । असोज १ गते सुरु भएको उपहार योजना कात्तिक २५ गतेसम्म चल्ने छ ।
टावरमा ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, ३ वटा एफ क्युब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६