काठमाडाैं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर काराेबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करिब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै काराेबार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर २२ करोड ६९ लाख ५० हजार २ सय ३८ रुपैयाँमा खरिद बिक्री भए ।
स्टकका अनुसार काराेबार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी १० उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९.६, वित्त ४.५१, निर्जीवन बीमा १२४.२९, उत्पादन ६७.६, लघुवित्त ३०.३२, जीवन बीमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् ।
काराेबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको एक करोड ८० लाख ६३ हजार ४ सय ४७ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर एक करोड ६५ लाख ६२ हजार ५ सय ९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर एक करोड ४९ लाख १९ हजार ९ सय ५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक करोड एक लाख ६२ हजार ७ सय २५, लक्ष्मी बैंक ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १ सय ४ रुपैयाँमा खरिद बिक्री भई शीर्ष स्थानमा छ ।
स्टकका अनुसार आज वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३.१०, सिटी एक्सप्रेस फाइनान्स ३.०३, युनिभर्सल पावर कम्पनी २.५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १.९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १.८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८.३३, जोशी हाइड्रो पावर ८.०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७.२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६.२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् । रासस
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६