काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।
यो डाटा प्याकेज लिएर निरन्तर ३ दिनसम्म प्रतिदिन १ जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।
यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर 1415 मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।
प्रकाशित मिति: बुधबार, असोज १, २०७६