१५ वैशाख, काठमाडौँ । वित्तीय रूपमा पछि परेका समुदायलाई लक्षित गरी भृकुटीमण्डमा ‘बैंकिङ एक्स्पो–२०१७’ आजदेखि सुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले एक्स्पोको उद्घाटन गरे । काठमाडौँ उपत्यकामा पनि बैंकिङ प्रणालीमा नआएका लाखाँै नागरिक रहेकाले एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको महत्वबारे गभर्नर डा नेपालले भने– “वित्तीय साक्षरता प्रदान गर्ने महत्वपूर्ण अभियान हो । यसलाई निरन्तर विस्तार गर्दै लैजानुपर्छ ।” हिमालय बैंक कार्ड विभागका अधिकृत सूर्योदय प्रजापतिले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएका ‘स्किम’को जानकारी दिने उपयुक्त स्थल एक्स्पो भएको बताए । युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत सरकारले ल्याएका कार्यक्रम तथा धितोपत्र बोर्डअन्तर्गत हुने सबै पुँजी बजारका क्रियाकलाप, नेपाल राष्ट्र बैंकका गतिविधिबारे एक्स्पोमा जानकारी पाउन सकिनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४