१५ वैशाख, काठमाडौँ । गोश्वारा हुलाक कार्यालयले सर्वसाधारणलाई छिटो र सहज सुविधा प्रदान गर्नका लागि ‘घुम्ती हुलाक सेवा’को सुरुवात गरेको छ । कार्यालयले काठमाडौँ उपत्यकाको घरघरमा सूचना पु¥याउने मुख्य योजनाका साथ आजदेखि सो सेवाको सुरुवात गरेको हो । सेवाको शुभारम्भ गर्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह गरे । मन्त्री कार्कीले घुम्ती सेवालाई काठमाडौँ उपत्यकामा मात्र नभएर देशभर पु¥याउनुपर्नेमा जोड दिए । उनले चिठीपत्रमा लेखिने कुरा सामाजिक सञ्जालमा लेख्न नसकिने बताउँदै हुलाकको महत्व यथावत् रहेको उल्लेख गरे ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०७४