काठमाडौं । विगत २ महिनादेखि निरन्तर बढिरहेकाे सुनकाे मूल्य पछिल्लाे समयमा तीव्र उतारचढाव भइरहेकाे छ । सोमबार २ सय रुपैयाँ बढेको सुनको मूल्यमा मंगलबार फेरि ७ सय रुपैयाँले गिरावट आएकाे छ ।
मंगलबार छापावाल सुनको मूल्य ७१ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ७० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको छ ।
केही दिनअगाडि सुनकाे मूल्य हालसम्मकै उच्च भएकाे थियाे । साे समयमा प्रतितोला सुनकाे मूल्य ७३ हजार ५ सय रुपैयाँ कायम भएकाे थियाे ।
अन्तर्राष्ट्रिय बजारमा कायम हुने भाउको प्रत्यक्ष असर नेपालमा पनि परेको हो । पछिल्लो समय सुनको मूल्य बढ्नुमा अमेरिका र चीनबीच बढ्दो व्यापार युद्ध मुख्य कारण रहेको व्यापारीहरु बताउँछन् । नेपालमा सुनको मूल्य अन्तराष्ट्रिय बजारका आधारमा निर्धारण हुन्छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६