डच क्लब आयाक्स युइएफए च्याम्पियन्स पलगको समूह चरणका प्रवेश गरेको छ । दोस्रो लेगमा साइप्रसको अपोइल निकोसियालाई २–० ले पराजित गर्दै आयाक्स समूह चरणमा पुग्न सफल भएको हो ।
आयाक्स पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको थियो । बुधबार राति घरेलु मैदान योहान क्रुफ एरिनामा आयाक्सलाई जिताउन एड्सन अल्भारेज र डुसान टाडिकले गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको ४३ औं मिनेटमा एड्सन अल्भारेजको गोलबाट आयाक्स पहिलो हाफमा १–० ले अघि बढेको थियो । ७९औं मिनेटमा डुसान टाडिककले गोल गर्दै आयाक्सको जित पक्का गरे ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०७६