काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी मंसिर ३ गते परिपक्व हुने छ । बैंकले गत साउन २७ गते पनि १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६