काठमाण्डाै : सुनको भाउ आज मंगलबार तोलाको ७१ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए ।
गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सुनको भाउ महँगो भएपछि कारोबार ठप्पजस्तै भएको व्यवसायीले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६