काठमाडौं । विगत दस वर्षदेखि अनेकन विवादको भूमरीमा फसेको पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।
प्रसारण लाइन समयमै सम्पन्न नहुने हो कि भन्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र ऊर्जा उद्यमीको चासो र चिन्ताका बीच ठूलो मेहनतपछि आयोजना सम्पन्न भएको हो ।
पाँचथर र ताप्लेजुङ जिल्ला भएर बहने काबेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि उक्त प्रसारण लाइन आवश्यक र महत्वपूर्ण छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आएपछि पूर्वाञ्चलमा निर्माण हुने आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडनका लागि सहयोगी हुने छ ।
आयोजनाको फिदिम ९थापाटार०–अमरपुर ९पाँचथर० तेस्रो खण्ड सोमबारदेखि सञ्चालनमा आएपछि झापाको लखनपुरबाट सुरु भएको ९१ किलोमिटर प्रसारण लाइनको निर्माण सकिएको छ । तेस्रो खण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको हो ।
आयोजनाको लखनपुर ९झापा०–गोदक (इलाम) पहिलो र सोयाक (इलाम)–फिदिम (पाँचथर) दोस्रो खण्ड यसअघि नै सञ्चालनमा आइसकेको थियो । लखनपुर, गोदक, थापाटार (फिदिम) र अमरपुरमा १३२/३३/११ केभी सवस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
ठेकेदारको कमजोर कार्यसम्पादन, प्रसारण लाइनको बाटोमा स्थानीयको अवरोध, रुख कटान स्वीकृतिमा भएको ढिलाइलगायतले समस्यामा परेको आयोजनालाई निरन्तरको प्रयास र अनुगमनबाट सम्पन्न गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको भनाइ छ ।
रुग्ण आयोजनामध्येको एउटा काबेली करिडोरको निर्माणबाट प्राधिकरणले धेरै पाठ सिक्यो । ‘राइट अफ वे’को समस्या सुल्झाउन व्यक्तिगत रुपमा प्रभावितको घरघरमा गएर पनि सम्झाउने प्रयास गरेको स्मरण गर्छन् घिसिङ ।
ुस्थानीय तहका जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकायलगायतको निरन्तरको सहयोगमा निर्माण सम्पन्न गर्न सफल भएका छौँ, अब इलाम, पाँचथर र ताप्लेजुङमा जलविद्युत् आयोजना निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार पनि तयार भएको छु, उनले भने ।
निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन अभावमा खेर जान नदिन उनीको व्यापारिक उत्पादन सुरु (सिओडी) हुने मितिभन्दा पहिले नै प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । प्रवर्द्धकले पनि आयोजनाको निर्माण छिट्टै सम्पन्न गरी विद्युत् जोड्नुपर्ने छ ।
आर्थिक वर्ष २०६३र६४ मा सुरु भएको आयोजना निर्माणका लागि ज्यागुअर ओभरसिज एन्ड एस्टर जेभीसँग २०६८ साल भदौ २३ गते ठेक्का सम्झौता भएको थियो । कूल तीन करोड १० लाख अमेरिकी डलर लागत रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो ।
ड्रोनको प्रयोग
आयोजनाका अनुसार तेस्रो खण्डमा पर्ने अमरपुरको पिनासे घाटमा २।२ किलोमिटर तार तान्न रुख काट्ने प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने देखिएपछि ड्रोनको प्रयोग गरिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए ।
त्यस क्षेत्रमा ४०० हाराहारीमा रुख काट्नु पर्ने थियो । त्यसको स्वीकृतिका लागि प्रक्रिया धेरै लागेर काम नै प्रभावित हुने देखिएपछि ३१–३५ नम्बरको टावरमा ड्रोनको प्रयोग गरी तार तानेको उनको भनाइ छ ।
प्राधिकरणले काबेली करिडोरको तेस्रो खण्ड निर्माण सम्पन्न भई सोमबारबाट सञ्चालनमा आएको जानकारी निजी क्षेत्रका प्रवर्द्धकलाई दिएको छ ।
यस खण्डस्थित अमरपुर सवस्टेशनमा विद्युत् जोडिने २५ मेगावाटको काबेली बी १ को प्रवर्द्धक अरुण काबेली पावर र ९।९ मेगावाटको इवाखोलाको रैराङ हाइड्रोपावर डेभलमेन्ट कम्पनी लाइन चार्ज भएको जानकारी दिएको हो ।
ुआयोजनाबाट उत्पादित विद्युत् अरपुर सवस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जुनसकै बेला जोड्न सकिने जानकारी गराएका छौँु, आयोजना प्रमुख द्विवेदीले भने । यस्तै कूल ३७।६ मेगावाटको काबेली ‘ए’ आयोजनाका विद्युत् पनि सोही सवस्टेसनमा जोडिने छ ।
काबेली करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४।९ मेगावाटको हेवाखोला ‘ए’ र २२।१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिसकेका छन् । पहिलो खण्डमा करिब ८४ मेगावाट विद्युत् यसअघि नै जोडिएको छ । (रासस
प्रकाशित मिति: बुधबार, साउन २२, २०७६