६ वैशाख, काठमाडौँ । एनआईसी एसिया बैंकको नाफा ५० प्रतिशतले बढेको छ । अघिल्लो चैत मसान्तको तुलनामा पचास प्रतिशत नाफा बढाएको बैंकले एक अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ७५ करोड ९५ लाखमात्र थियो । चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको बैंकले खराब कर्जालाई पनि न्यूनिकरण गरेको छ । बैंकले यो अवधिमा कर्जा ४० करोड असुल गरेको छ । अघिल्लो वर्ष १ दशमलब ११ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ० दशमलब ४६ प्रतिशत रहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४