काठमाडौं: नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६ /०७७ को मौद्रिक नीतिमा वाणिज्य बैंकहरूलाई मर्ज हुन विभिन्न सहुलियतहरू प्रदान गर्ने नीति ल्याएकाे छ।
नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरे अनुसार विभिन्न सहुलियतकाे वयवस्था गरेकाे हाे । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरे । गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिले ठूला बैंकहरूलाई मर्जरमा प्रोत्साहन गर्ने नीति लिएको छ ।
डा.नेपालका अनुसार २०७७ असार समान्तसम्म मर्जर सकेर एकीकृत कारोबार गरे कुलिङ पिरियड हटाउने, अनिवार्य भनिएका ठाउँमा लगानी गर्न बाध्य नबनाउने, ऋणपत्र अनिवार्य जारी गर्न बाध्य नबनाउने लगायतका सुविधा प्रदान गर्ने व्यवस्था उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, साउन ८, २०७६