सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६५ हजार ५ सय रुपैयाँ तोकिएको छ । सुनको यो बजार मूल्य हालसम्मकै बढी हो ।
गत ६ असारमा सुनले प्रतितोला ६५ हजार रुपैयाँको रेकर्ड बनाएकोमा त्यसयता ६४ हजार रुपैयाँदेखि ६५ हजार रुपैयाँको बीचमा कारोबार हुँदै आएको थियो । एक साताबाट भने सुन लगातार ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो । हिजो भने ५ सय रुपैयाँ बढेर ६५ हजार रुपैयाँमा कारोबार भएके थियो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३, २०७६