आज सुनको मूल्य चार सयले बढेको छ । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कमा उल्लेख गरेको छ ।
आज तेजावी सुनमा पनि चार सयले बढेको छ। आज तेजावी सुनको मूल्य तोलाको ६४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज प्रतितोला पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बिहीबार, असार २६, २०७६